लेखनाथ महोत्सवमा शनिबार मात्रै करिब ४० हजार दर्शक पुगे

पाेखरा | पुस ७, २०८०

लेखनाथ महोत्सवमा शनिबार मात्रै करिब ४० हजार दर्शक पुगे

पोखरा । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ गत विहिबारदेखि जारी १९औं संस्करणको लेखनाथ महोत्सवको तेश्रो दिन शनिबार ४० हजार दर्शकहरुले अवलोकन गरेका छन ।

 

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा शनिबार दर्शकहरुको उत्साहजनक सहभागिता रहेको र १ करोड बराबरको कारोबार भएको महोत्सवका प्रचार प्रसार संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ले जानकारी दिए ।

 

महोत्सवमा शनिबार कलाकारहरु पुरुषोत्तम न्यौपाने, शिव हमाल, चोलेन्द्र पौडेल, टेक क्षेत्री, अस्मिता डल्लाकोटी, रुपा घर्तिमगर, लक्ष्मी बाँनिया, हाँस्यव्यग्यतर्फ गुन्द्रुके समुहको प्रस्तुतीले दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो भने बेलुका लाईभ कन्सर्टमा समिक्षा अधिकारी, सञ्जिव सिंह राना र अलबिन थापाको प्रस्तुतीले स्टेज तताए।

 

यस्तै महोत्सवमा मातृशक्तिको सम्मानमा आयोजित रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रस्तुती लगायतका कार्यक्रमहरु पनि भएका छन ।

 

भोलि लोकदोहोरीतर्फ पशुपति शर्मा, कृष्ण अखेली, सुनितामी परियार, टेक क्षेत्री, सबिना गुरुङ, दिपक कार्की र अनिषा गुरुङको प्रस्तुती रहनेछ भने बेलुका लाईभ कन्सर्टमा दुर्गेश थापा, राजेश वर्देवा र यम नेपाली लगायतको प्रस्तुती रहनेछ ।

 

पुष १६ गते सम्म चल्ने महोत्सवका मुख्य आकर्षणहरुमा महोत्सवस्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, भिड र सुरक्षालाई मध्यनजर गर्दै दर्शकहरुका लागि ई–सेवाबाट टिकट काट्न सकिने गरि व्यवस्था मिलाईएको छ ।

काठमाडौं: नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि उनको क्षेत्रबाट नेपाली कांग्रेसले नयाँ उम्मेदवार उठाउने भएको छ। पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले सात पटक चुनाव लडेको डडेल...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ ।  निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्य...

थप पढ्नुहोस्

पोखराः   पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइँचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्र...

थप पढ्नुहोस्